काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा राज्यव्यवस्था समितिको बैठकमा सहभागी भएका छन् । समितिले अहिले प्रधान सेनापति शर्मासँग छलफल गरिरहेको छ ।
शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो । यसका साथै उनीसँग सांसदहरूले सेनाकाे अधिकारीहरूकाे जन्ममिति विवादबारे पनि प्रश्न साेधिरहेका छ्न् ।
प्रकाशित मितिः २०८० पौष ०४ बुधबार
Comments