काठमाडौं । यो वर्ष काठमाडौ विश्वविद्यालय (केयू)को चिकित्साशास्त्रतर्फ एमबीबीएसमा सर्वोत्कृष्ट नतिजा विराट मेडिकल कलेजका छात्र र छात्राले ल्याएका छन्।केयूबाट सञ्चालित विराट मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरेका एक हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रतर्फ सनम ढकाल र छात्रातर्फ संस्कृतिश्री कोइराला सर्वोत्कृष्ट भएका हुन्।
हाल केयूबाट सम्बन्धन पाएर १० वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन्। छात्रतर्फ टपर बनेका बाग्लुङ बलेवाका ढकालले एमबीबीएसमा कुल ८४.२६ प्रतिशत अंक ल्याएका थिए। यस्तै छात्रातर्फकी टपर कोइरालाले ८०.२९ प्रतिशत अंक हासिल गरेकी थिइन्।
विराट मेडिकल कलेजका सञ्चालक प्राडा. ज्ञानेन्द्रमानसिंह कार्कीले सनम र संस्कृतिश्रीले स्वर्णपदक पाएको जानकारी दिँदै यसअघि पनि निरन्तर विराटले गोल्ड मेडलिष्ट पाइरहेको बताए।
उनले दुवै विद्यार्थी पढाइमा पनि अब्बल रहेको भन्दै उनीहरूको प्रशंसा गरे। विराट मेडिकल कलेज गुणस्तरमा पनि अब्बल रहेको उनको भनाइ छ। ‘हामी मेडिकल शिक्षामा गुणस्तरमा अब्बल भएको प्रमाण हो। यसअघिका वर्षमा पनि विराटका विद्यार्थीले स्वर्णपदक पाएका थिए’‚ विराट मेडिकल कलेजमा सञ्चालक डा. कार्कीले भने।
प्रकाशित मितिः २०८० मंसिर २९ शुक्रबार
Comments