काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका २ का ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।
उनीहरूलाई रातोमाटेस्थित चेक प्वाइन्टबाट ४ सय ५० ग्राम सुनजस्तो देखिने धातुसहित शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साह जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थानसहित पक्राउ परेका हुन् ।
यस्तै, झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङ पक्राउ परेका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० मंसिर २९ शुक्रबार
Comments