काठमाडौं । अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ। ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो। महानगरले मङ्सिर २४, आइतबारदेखि फुटफाटमा व्यापार गर्न नदिने भएको हो ।
सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । मङ्गलवारदेखि माइकिङ र ब्यानर टाँसेर आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ । ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरूले सामान बेच्दा भिडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैँका लागि फुटपाथ निषेध गर्न लागेको हो ।
प्रकाशित मितिः २०८० मंसिर २० बुधबार
Comments