काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे बुधबार छलफल गर्ने भएको छ। एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको सन्दर्भमा लेखा समितिले छलफल गर्ने भएको हो।
समितिको बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको छ। सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो।
तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अबै रुपैयाँ मात्रै बिक्री गरेको छ। न्युन मूल्य देखाएर भएको खरिद बिक्री नेपालमा कर छल्नका लागि भएको आशंका लेखा समितिले गरिसकको छ।
आइतबार समितिले शेयर खरिद बिक्रीबारे आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणसँग ९ वटा प्रश्न पठाएर त्यसबारे प्रष्ट पार्न भनेको छ।
प्रकाशित मितिः २०८० मंसिर १९ मंगलबार
Comments