काठमाडौं । तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक ७ जनालाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ७ जनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन। काठमाडौंको विभिन्न ठाउँबाट प्रसाईंको अभियान समर्थकहरू पक्राउ परेका छन्। प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रशासनले तिनकुने क्षेत्रमा प्रसाईं र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन।
प्रकाशित मितिः २०८० मंसिर ०८ शुक्रबार
Comments