काठमाडौं । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले जग्गाको कित्ताकाट गरेवापत सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको आरोप थियो । आयोगको इटहरीस्थित कार्यालय इटहरीबाट खटिएकोे टोलीले गत असोज २९ मा सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७०,००० र ५५ हजार बराबरको चेक बरामद गरेको थियो ।
ठाकुर र यादवद्वयले आपसी मिलोमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार पक्राउ परेकाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सहित कैद सजायको मागदावी लिएको छ ।
प्रकाशित मितिः २०८० कार्तिक २४ शुक्रबार
Comments