काठमाडौं । झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो। उनले सोही नगरपालिका-८ टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०८० कार्तिक २४ शुक्रबार
Comments