दार्चुला । दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मितिः २०८० कार्तिक ०१ बुधबार
Comments