काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाल ‘रिगल’लाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनलाई कैद मिनाहा दिइएको भन्दै मृतककी पत्नी भारती ‘शेर्पा’ मानन्धर माइतीघरमा अनशनरत छिन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।
रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।
प्रकाशित मितिः २०८० असोज ३० सोमबार
Comments