काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले गएको असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो ।
यो अवधिमा विशेष प्रकृतिको हेलिकोप्टर उडानमा समेत प्रतिबन्ध लगाइयो । हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरेको थियो । मनसुन सकिएसँगै प्रतिबन्ध हटाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार उडान हुनुअघि ‘फ्लाइट रुट’ सफा हुनुपर्ने छ ।
कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ । गण्डकी प्रदेशकै पूर्वी भू–भाग र वाग्मती, मधेस र कोसी प्रदेशमा अझै मनसुन सक्रिय छ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो ।
प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार
Comments