काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरूमा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरूले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।
सो टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने प्रस्ताव एमसीए नेपालले गरेको थियो । यो प्रस्तावलाई एमसीसीकाे मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ ।
प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार
Comments