देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ

0

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर बिक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् ।

उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को.१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

विराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ग्राम प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

रूपन्देहीको मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो ।

प्रकाशित मितिः २०८० असोज १० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション