पुरानो रद्द नगरी किन नयाँ एनओसी पाइँदैन ?

0

काठमाडौं । विदेशमा अध्ययन गर्न जानको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन (एनओसी) शाखाबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्छ ।

एनओसी लिनको लागि शाखाले सूचीकृत गरेका विश्वविद्यालय, शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रम हुनुपर्छ । सरकारले गत चैतमा वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ लागु गर्दै यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयको वैदेशिक अध्ययन शाखाका केही विद्यार्थी एकपटक लिइसकेको एनओसी क्यान्सिल गरेर नयाँ निकाल्ने प्रक्रिया बारे स्पष्ट नहुँदा समस्यामा पर्ने गरेका छन् । खासगरी एकभन्दा बढी देश र विश्वविद्यालयमा अध्ययनका लागि एनओसी लिन चाहने विद्यार्थीले समस्या व्यहोरिरहेका छन् ।

एनओसी लिनका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने देशको क्याम्पस र विषय खुलाएर फारम भर्नुपर्छ । सोही विवरण अनुसार शाखाले एनओसी जारी गर्छ ।

एनओसीका लागि आवेदन दिनुअघि विद्यार्थीले सम्बन्धित विश्वविद्यालयबाट ‘अफर लेटर’ मगाएर आवश्यक शुल्क तिर्नुपर्छ । सामान्यतः एउटा विश्वविद्यालयमा अध्ययनका लागि एनओसी पाएपछि पनि त्यहाँ अध्ययन गर्ने परिस्थिति नबन्न सक्छ । विद्यार्थीलाई कुनै नयाँ विश्वविद्यालयले सस्तो शुल्कमा पढाउने आकर्षक प्रस्ताव राख्न सक्छ, कुनै देशले भिसा नदिन सक्छ वा विद्यार्थीलाई नयाँ विश्वविद्यालयमा अरू कुनै विषय पढ्न मन लाग्न सक्छ ।

उल्लेखित अवस्थामा विद्यार्थीले फरक विश्वविद्यालयमा अध्ययन गर्नका लागि ‘अफर लेटर’ मगाएर नयाँ एनओसीका लागि आवेदन दिन्छन् ।

कुनै एउटा विश्वविद्यालय वा कलेजमा भर्ना भएर पढ्न गएका विद्यार्थीले बीचमा अर्को विश्वविद्यालय मनपराएको वा सस्तोमा पढ्न पाएको अवस्थामा आफूखुशी शैक्षिक संस्था परिवर्तन पाउँदैन ।

अन्यत्र अध्ययन गरिरहेका विद्यार्थीलाई भर्ना लिन विश्वविद्यालय वा कलेजले नयाँ एनओसी खोज्छ । तर बैंकिङ प्रणालीमा अघिल्लो विश्वविद्यालयले शुल्क फिर्ता दिएको नदेखिएसम्म पुरानो एनओसी रद्द र नयाँ एनओसी जारी हुँदैन ।

पुरानो एनओसी रद्द गर्न कि त विद्यार्थीले तिरेको रकम सम्बन्धित शैक्षिक संस्थाले फिर्ता गरेको बैंकिङ प्रणालीमा देखिनुपर्छ कि त पुरानो शैक्षिक संस्थाले नयाँ विश्वविद्यालय वा कलेजमा शुल्क पठाएको आधिकारिक कागजात पेश गर्नुपर्छ ।

विद्यार्थीले विविध कारणले विदेशमा शैक्षिक संस्था परिवर्तनका लागि नेपालमा रहेका अभिभावकलाई नयाँ एनओसीका लागि शाखामा पठाउँदा प्रायः यस्तै समस्या दोहोरिने गरेको वैदेशिक अध्ययन शाखाका प्रमुख देवका ढकाल बताउँछिन् ।

‘विद्यार्थीले नबुझेर आफूखुशी कलेज वा युनिभर्सिटी बदल्छन् र अनेक बहाना बनाएर यहाँ भएका अभिभावक अथवा आफन्तलाई अर्को एनओसी लिन पठाउने गरेका छन्’ ढकाल भन्छिन्, ‘तर, विद्यार्थीले एनओसी भर्दा पेश गरेको कागजात अनुसार बैंकले मुद्रा सटही दिने भएकोले प्रक्रिया नपुर्‍याएसम्म शाखाले एनओसी दिन सक्दैन ।’

सार्वजनिक बिदामा पनि सेवा

एनओसी शाखाले शनिबार बाहेक हरेक दिन सेवा दिने गरेको छ । तर, सार्वजनिक बिदामा शाखाले प्रदान गर्ने सेवा बारे थाहा नपाएर सेवाग्राही झुक्किने गरेको उल्लेख गर्दै ढकाल भन्छिन्, ‘शनिबार बाहेक हरेक दिन सेवा दिन्छौं, तर सार्वजनिक बिदाको दिन सेवाग्राही आउनुहुन्न ।’

एनओसी शाखाले ‘टाइम कार्ड’ लागु गरेको छ । विद्यार्थीले एनओसीको लागि अनलाइन आवेदन स्वीकृत भएसँगै सेवाग्राहीले एनओसी लिन जानुपर्ने दिन र समय जानकारी दिन्छ । तर सेवाग्राही सार्वजनिक बिदाको दिन सेवा लिन आउँदैनन् ।

कतिपय सेवाग्राही भने शाखाले दिएको समयभन्दा आफ्नो अनुकूलतामा कार्यालय पुगिरहेका हुन्छन्। ‘कतिपय सेवाग्राही दुई/तीन दिन अगाडि नै आउँछन् र एक–दुई दिनमै उड्नुपर्ने भन्दै ढाँट्छन्’ शाखा अधिकृत ललितप्रसाद पोख्रेल भन्छन्, ‘साँझ तीन बजे बोलाएको व्यक्ति बिहान १० बजे आएर लाइनमा बसें भनेर झगडा गर्न खोज्छन् ।’

डेढ महिनामा करिब १० हजारले लिए एनओसी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एनओसी शाखाले साउन १ देखि भदौ २० गतेसम्म १० हजार ९२४ जनालाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिएको छ ।

शाखा प्रमुख ढकाल पछिल्लो समय जापानिज भाषा पढ्न जानको लागि एनओसी लिनेको संख्या सबैभन्दा बढी देखिएको बताउँछिन् । उनी भन्छिन्, ‘जापानमा सेप्टेम्बरमा नयाँ भर्ना (न्यू इन्टेक) हुने भएकोले तुलनात्मक रूपमा चाप बढी देखिएको छ ।’

एनओसी शाखाका अनुसार जापानिज भाषा पढ्न जान मात्रै पछिल्लो डेढ महिनाको अवधिमा ४ हजार ३१० जनाले एनओसी लिएका छन् ।

प्रकाशित मितिः २०८० भदौ २१ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション