काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आएको छ । अमेरिकी सैनिक अधिकारी Lim Commnter को नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्।
भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आएको हो ।
नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने अभ्यासका लागी टोली आएको हो । अमेरिका, चीन, बेलायत, भारत, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।
प्रकाशित मितिः २०८० भदौ २१ बिहिबार
Comments