काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ४ शवलाई एयर लिफ्ट गरी साढे ५ बजे काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको हो ।
सोलुखुम्बुको सुर्केबाट मंगलवार बिहान काठमाडौं उडान भरेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा ६ जनाको मृत्यु भएको थियाे ।
प्रकाशित मितिः २०८० असार २६ मंगलबार
Comments