बारा । मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।
पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए ।
उजुरीकर्ता कानुनले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानुनले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए ।
अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन् । कपाली गरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरुले हालेको मुद्दा आफूहरुले जितेको उनले बताए ।
प्रकाशित मितिः २०८० असार २२ आइतबार
Comments