काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ । काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना गरिएको हो।
पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाएको छ ।
प्रकाशित मितिः २०८० असार २२ आइतबार
Comments