काठमाडौं । इलाममा एक जना पुरुषले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् । इलामको माइजोगमाई–२ मा ५७ वर्षीय पिताम्बर खतिवडाले जेठी श्रीमती राधिका खतिवडा घिमिरेको हत्या गरेका हुन् । हिजो बेलुकी भान्साघरमा श्रीमतीको हत्या गरेपछि घर बाहिरको रुखमा उनी झुण्डिएका थिए ।
प्रहरीका अनुसार कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पिताम्बरले नजिकै अर्कै घरमा बसेकी जेठी श्रीमतीको घरभित्र उक्त घटना गराएका हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रकाशित मितिः २०८० असार २२ शुक्रबार
Comments