काठमाडौं । लर्डस् अफ ड्रिंक्स (एलओडी) का सञ्चालक रुदिल बल्ल श्रेष्ठ शुक्रबार पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीमा उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई ललितपुर जिल्ला अदालतको अनुमतिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही आरोपमा अर्का सञ्चालक राजुसिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनाको सिलसिलामा उनीहरूलाई पक्राउ गरी अनुसनधान गर्ने भएको छ ।
प्रकाशित मितिः २०८० असार २२ शुक्रबार
Comments