काठमाडौं । पछिल्लो २४ घन्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५४ हजार ८५७ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १४ सय ८८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९ सय ४७ एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ४३५ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २२ पुगेको छ । आज थप ७४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८९ हजार ६१६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ३० बिहिबार
Comments