काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५४ हजार ७५१ पुगेको छ ।
विभिन्न प्रयोगशालामा २३ सय ७७ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा र १७ सय ५७ एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ४४५ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २२ पुगेको छ । आज थप २८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८९ हजार ५४२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार
Comments