भक्तपुर । भक्तपुरमा अहिले बिस्का जात्राको तयारी तिब्र गतिमा चलिरहेको छ। टौमढी क्षेत्रमा रहेको न्यातपोल मन्दिर अगाडि भैल: ख: (भैरवनाथको रथ) को निर्माण कार्य भइरहेको छ। जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा अहिले स्थानीय जुटेका छन् । अहिले रथमा काठको कामका साथै रङ्ग लगाउने काम भइरहेको छ।
काठमाडौँ उपत्यकाको परम्परागत सांस्कृतिक जात्रामध्ये एक बिस्का जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइन्छ । लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालि बिस्का जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ ।
प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार
Comments