बुटवल । विश्व हिन्दु महासंघ नेपालको आठौँ राष्ट्रिय सम्मेलन तथा महासभा बुटवलमा सुरु भएको छ। देशभरबाट १५ सय बढी प्रतिनिधि पर्यवेक्षकहरू बुटवल आएका छन्। महासभाको उद्घाटन अगाडि बुटवलको हाटबजार लाइनबाट धार्मिक सद्भाव र्याली निकालिएको छ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल रामनगरमा महासभाको मूल कार्यक्रम हुने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए। राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मूख्य अभियानस्वरूप महासभामा विशेष छलफल हुने उनले बताए।
प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार
Comments