सर्लाही । सर्लाहीमा रुखले च्यापेर एक भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार सर्लाहीको मलंगवा नगरपालिका ६ खुटौना टोलस्थित सडक छेउमा रहेको सपेताको रुख काट्ने क्रममा सो रुख सार्वजनिक बाटोमा ढल्दा पैदल यात्रीको च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
रुखले च्यापेर भारतकधो बिहार राज्य जिल्ला सितामढी नगरनिगम १८ नुनिया टोल बस्ने ५० वर्षीया तुरन्ती देवीको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए।
प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार
Comments