बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौँ-गिरेगडा सडक खण्डअन्तर्गत पञ्चेश्वर गाउँपालिका-५ तिलकपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गणमेश्वरबाट देहीमाण्डौँ आउँदै गरेको से १ ज २९५ नम्बरको जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत भने भइनसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
१२ जना सवार रहेको जीप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। अन्य ११ जना घाइते छन्। उनीहरूको उद्धार कार्य भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार
Comments