सुनसरी । सुनसरीमा सफारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आइतबार दिउँसो इटहरी उपमहानगरपालिका-२ हलगढा स्थितमा सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको हो।
तरहराबाट ईटहरी तर्फ जाँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिँदा ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको हो। उनको विराट नरसिंह होम विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने सफारी चालक जिल्ला स्याङ्जा पुतली नगरपालिका-८ घर भई हाल ईटहरी-८ बस्दै आएका २६ वर्षीय पिताम्बर सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय इटहरीले गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार
Comments