पोखरा । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ ।पोखरा–१३, काहुँखोलामा डेरामा बस्दै आएका कास्कीको मादी गाउँपालिकाका स्थायी वासिन्दा कृष्णबहादुर क्षेत्रीले आइतबार आत्मदाहको प्रयास गरेका थिए ।
४५ वर्षीय क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गगर्दा उनलाई बचाउने क्रममा सोहि घरकी संगीता सापकोटा आगोले जलेर घाइते भएकी थिइन् ।
सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिए । आत्मदाहको प्रयास गरेका घाइते कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।
माघ १५ गते आइतबार कृष्णबहादुरले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनलाई बचाउनको क्रममा उनी बस्ने घरका घरबेटी संगीता सापकोटा घाइते भएकी थिइन् ।
उक्त घटनामा घाइते भएका दुबै जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भएको थियो ।
केहि दिनदेखि आत्मदाहको घटना धेरै घटेको पाइन्छ । केहि समय अगाडि काठमाडौंमा इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह प्रयास (उपचारका क्रममा निधन) गरेको कुरा गम्भीर बिषय बनेको थियो ।
प्रकाशित मितिः २०७९ माघ १६ सोमबार
Comments