काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टिम तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । यसअघि दुवै देशले समान दुई-दुई पटक विश्वकप उपाधि जितेका छन् ।
यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । यस खेललाई मेस्सी र केलियन एमबाप्पेबीचको भिडन्तको रुपमा समेत हेरिएको छ । अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।
प्रकाशित मितिः २०७९ पुष ०३ आइतबार
Comments