काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार १५६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ११ सय ६७ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ सय १९ जनाको पीसीआर परीक्षण गर्दा १ जनामा र ६ सय ४८ एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १६ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ । आज थप २ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८८ हजार ९०७ पुगेको छ ।
प्रकाशित मितिः २०७९ मंसिर २८ बुधबार
Comments