काठमाडौं । कतारमा जारी विश्वकपमा बेटिङ गराइरहेको वन एक्स बेटका एजेन्ट भएको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका- २ बाट पक्राउ परेका महोत्तरीका २० वर्षीय आदर्श ठाकुरले रकम जम्मा गरेर बुझाउने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ठाकुर ८ महिनायता वन एक्स बेटका एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दाबी छ ।
प्रकाशित मितिः २०७९ मंसिर २७ मंगलबार
Comments