भक्तपुर । सूर्यबिनायक नगरपालिका–२ बालकोटमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका ३५ वर्षीय राम बहादुर सुनार रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भई हाल सुर्यबिनायक नगरपालिका–२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी ती बालिकालाई बालिकाकै कोठामा सुनारले बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७९ असोज २५ मंगलबार
Comments