काठमाडौं । आगामी मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस नलैजान पनि आयोगले आग्रह गरेको छ ।
निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
प्रकाशित मितिः २०७९ असोज २३ आइतबार
Comments