काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र १६ जना संक्रमित थपिएका छन् । र ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ सय ५८ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४ सय १४ जना, भक्तपुरमा १८ जना र ललितपुर जिल्लामा १ सय २६ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ । आज थप १०३ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८६ हजार ७२० पुगेको छ ।
प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार
Comments