काठमाडौं । छोराको हत्यापछि फरार एक जना आरोपी आज पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–११, विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले केहीबेर अघि गुलरिया नगरपालिका–११ इन्द्रपुरस्थित गाउँबाट उनलाई पक्रेको हो । अस्ति लौरंगलालले २० वर्षका छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतल प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
पेटमा फुटेको बोतलले गम्भीर घाइते भएका विवेकको उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइन्छ । लौरंगलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बर्दिया प्रहरीले बताएको छ ।
प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार
Comments