काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५१ हजार ५९७ पुगेको छ ।
विभिन्न प्रयोगशालामा २ हजार ६२४ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ३९ र १ हजार ७९९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १ हजार १७८ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ । आज थप ८४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८६ हजार ४१९ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असोज १० सोमबार
Comments