काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ३१ जना र ललितपुरमा ४ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज ३ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ सय ५६ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५ सय ३७ जना, भक्तपुरमा २५ जना र ललितपुर जिल्लामा १ सय ९४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ । आज थप १३७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८६ हजार ३२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असोज ०६ बिहिबार
Comments