काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ६७ जना र ललितपुरमा १५ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज ३ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार १४९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ५६७ जना, भक्तपुरमा ४५ जना र ललितपुर जिल्लामा ५ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । आज थप २२३ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८१ हजार ७४४ पुगेको छ ।
प्रकाशित मितिः २०७९ भदौ १३ सोमबार
Comments