काठमाडौं । संयुक्त विद्यार्थी सङ्गठनले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गदै बुधबार पनि विरोध प्रदर्शन गरेको छ ।
राष्ट्र बैङ्क परिसरमा कालो ब्यानरसहित बुधबार संयुक्त विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको हो । उनीहरूले गभर्नर अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति राष्ट्र बैङ्कको गभर्नर हुन नमिल्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्।
नेपाली काङ्ग्रेस , माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले गभर्नर अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरूले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैङ्क अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका गरेका हुन् ।
प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार
Comments