काठमाडौं । काठमाडौंको जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन बन्द भएको छ ।
मङ्गलबार बिहान १० बजेदेखि स्थानीय सन्त लामाको घरमा बोरिङ खन्ने क्रममा निस्किएको फोहोरा बिहान ३ बजेतिर रोकिएको हो ।
मिथेन ग्यासको फोहोरा आउने क्रम करिव १७ घन्टापछि रोकिएको गोकर्णेश्वर नगरपालिका–६ का वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
मङ्गलबार एक्कासि लेदो माटोसहितको फोहोरा निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै त्यहाँ पुगेको प्रहरी वृत्त बौद्धको टोलीले खानी तथा भूगर्भ विभागमा जानकारी गराएको थियो ।
खानीको टोलीले अनुसन्धान गर्दा मिथेन ग्यास भएको पुष्टि भएको हो । फोहोरा निस्किएपछि त्यस क्षेत्रमा नेपाली सेनाको टोली समेत परिचालन भएको थियो ।
प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार
Comments