काठमाडौं । देशका थप पाँच जिल्लामा अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाइँदै छ ।
निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट यो कार्य सुरु गरेको थियो । अहिले, कास्की, मोरङ, काभ्रेपलाञ्चोक, चितवन र झापामा विस्तार गरिएको आयोगले जनाएको छ ।
आयोगले नमुनाका रूपमा काठमाडौँ, ललितपुर र भक्तपुरमा यो कार्य थालेको थियो ।
आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्लाको निर्वाचन कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
निर्वाचन कार्यालयमा सम्पर्क गरी औँठाको छाप र फोटो लिने व्यवस्था गरिएको उनले जनाए ।
प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार
Comments