काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेट घोषणको अघिल्लो रात अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरूलाई प्रवेश गराएर निश्चित समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफर गरेको समाचार बाहिरियो ।
एक पत्रिकाले मनगणन्ते तवरले राष्ट्रकै छविमा आँच पुग्ने गरी अर्थमन्त्रीको विषयमा समाचार प्रकाशित गर्ने आँट नगनुपर्ने हो । यस्तो समाचारले अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो सन्देश पक्कै जादैन । तर, शंका गरिएकै दिनको भिडियो फुटेज नै मेटिएको आधिकारिक जानकारी आएपछि अर्थमन्त्रालय मात्र हैन, सिहंदरबार नै थप विवादको घेरामा तानिन पुग्यो ।
अर्थमन्त्रालयको उक्त प्रकरणउपर छानबिन गर्न संसदीय छानबिन समिति नै गठन भइसकेको छ भने अर्थमन्त्रीले छानबिनको निम्ति मार्ग प्रशस्त गर्न राजीनामा दिइसकेका छन् । प्रश्न जनार्दन शर्माको मात्र हैन, प्रश्न किन जनसरोकारका कैयन मुद्दाहरूकमा गम्भीर हुनुको साटो पटकपटक नचाहिने हर्कत गरेर सिंहदरबार विवादमा रमाउने गर्छ ?
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार
Comments