काठमाडौं । कतारले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको perference care कम्पनीले ४ जना नेपाली नर्सको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब एक लाख ४५ हजार बढि पाउनेछ । इच्छुक कामदारले भष्टु मेनेजमेन्ट सर्भिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा साउन ५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रकाशित मितिः २०७९ साउन ०२ सोमबार
Comments