चितवनं । भरतपुर महानगरपालिकामा गाडीको ठक्करले नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।
महानगरका वडा नं १९ का सदस्य राजकुमार गुरुङको गाडीले तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत थिए भने गाडी चालक गुरुङ हालै मात्रै नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए ।
प्रकाशित मितिः २०७९ साउन ०२ सोमबार
Comments