काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ४३ जना र ललितपुरमा ९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज २ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ८९५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ८७२ जना, भक्तपुरमा २८ जना र ललितपुर जिल्लामा ९२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ । आज थप ५९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।६ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन ०१ आइतबार
Comments