काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ३ हजार ४१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १ हजार ४३९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ । आज थप ५९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.६ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन ०१ आइतबार
Comments