बैतडी । बैतडीमा महिलालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । २८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा बैतडीको मेलौली–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही स्थानका केशवसिंह नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत्र १५ गते महिलामाथि उनीहरुले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। महिलाको स्वास्थ्य परीक्षण पनि गरिएको छ । आरोपित दुवैजनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments