काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा सबै भन्दा बढी ९ जना र ललितपुरमा १ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४३ , भक्तपुर जिल्लामा ७ र ललितपुर जिल्लामा १९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप १८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ५९३ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख १५ बिहिबार
Comments