काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। यसअघि नयाँ वर्षका दिन हुने भनिएको परीक्षण उडान स्थगित गरिएको थियो।
आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार परीक्षण उडानका लागि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किनेछ।
प्रकाशित मितिः २०७९ बैशाख १५ बिहीबार
Comments