काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा सबै भन्दा बढी ३ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा भने संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४४ , भक्तपुर जिल्लामा ७ र ललितपुर जिल्लामा १८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप १७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख १४ बुधबार
Comments